‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउनु मुलुकलाई प्रतिगमनतर्फ लैजाने षडयन्त्र ः जसपा अध्यक्ष यादव


काठमाडौ,१९ कात्तिक । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने सरकारको निर्णय असंवैधानिक र जनताको संघर्ष तथा बलिदानको विरुद्धमा रहेको बताएका छन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ११ गते नै मन्त्रिपरिषद्बाट नेपालको नाम अघि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्ने निर्णय गरेको हालै सार्वजनिक भएपछि जसपाका अध्यक्ष यादवले सोको प्रतिक्रिया दिएका हुन् ।
सरकारको यो कदम अन्ततः लोकतान्त्रिक गणतन्त्र, संघीय प्रणाली र समावेशी लोकतन्त्रलाई नै धरापमा पारी मुलुकलाई प्रतिगमनतर्फ लैजाने षडयन्त्र हुन सक्ने उनले बताए ।

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष यादवले यसको स्पष्ट जवाफ नेपाल कम्युनिष्ट पार्टीले दिनुपर्ने उल्लेख गरेका छन् ।
यादवले यस्तो लेखेः

नेपालको संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गतन्त्रात्मक शासन व्यवसथा उल्लेख गरिएको छ त्यसैगरी संविधानको धारा ४ नेपाल राज्यः (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न‘.. सङ्घीय लोकतान्त्रिक गतन्त्रात्मक राज्य हो भनि लेखिएको छ। तर नेपाल सरकार , मन्त्रिपरिषद् बैठकले मिती २०७७र०६र११मा गरेको निर्णय अनुसार निर्णय कार्यान्वयन सम्बन्धमा २०७७र७र४ जारी गरिएको सरकारको निर्देशनमा ” सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल” र अंग्रेजीमा ” ँभमभचब िम्झयअचबतष्अ च्भउगदष्अि या ल्भउब ि” नलेख्नु भनि आदेश जारी गरेको छ।

सरकारको उक्त निर्णय , निर्देसन र आदेश असंवैधानिक हुनका साथै जनताले सङ्घर्ष, त्याग र बलिदानद्वरा प्राप्त गरेका संघीय प्रणाली,समावेशिता, लोकतान्त्रिक गणतन्त्र कै विरूद्धमा रहेकाछन्। अन्तः यो लोकतान्त्रिक गणतन्त्र, संघीय प्रणली र समाबेशी लोकतंत्र लाई नै धरापमा पारी मुलुकलाई निरङकुशता तर्फ अर्थात प्रतिगमन तर्फ लैजाने षड्यन्त्र गरिएको हो कि ? जनतालाई यसको स्पस्ट जबाफ नेपाल कम्युनिस्ट पार्टीले दिनु पर्दछ। जनताले अब फेरि अर्को प्रतिगमनका बिरुद्ध पनि सङ्घर्ष गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्