धरान,१९ कात्तिक । धरान १५ मा मंगलबार राती करिब ९ बजेतिर सुन्दरहरैँचा ८ बेलबारी घर भएका ३० वर्षीय बिक्रम भण्डारी कोठामा झुन्डिएको अवस्थामा फेलापरेका छन् ।
वर्कसप सञ्चालन गरी बसेको भण्डारी झुण्डिएको अवस्थामा देखेपछि स्थानिय तथा प्रहरीले उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिएपछि अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बतएका छन् ।
मृत्युपछि आफन्तहरुले भने आत्महत्या नभइ हत्या भएको हुनसक्ने आशंका गरेका छन् । मृतक भण्डारी र उनकी श्रीमती बिच घरायसी विवाद हुनेगरेको बताइएको छ ।
डिएसपी बस्नेतका अनुसार घटनाको छानबिन गर्न आफन्तहरुले जाहेरी दिएका छन् । उनले घटनाको सर्जमिन मुचुल्का भइरहेको र अनुसन्धानका लागी श्रीमतीलाइ कार्यालयमा उपस्थित गराइएको बताएका छन् ।