प्रधानमन्त्रीले भने म राजीनामा दिन्ना


काठमाडौ,१९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।

बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए ।उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ रु मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’

केहीले ९अविश्वासको प्रस्ताव ९रु० ० को तयारी गर्दैछन् भन्ने सुनेको, तर त्यसले केही फरक नपर्ने बताए । ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्’ उनले भने ।

केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट ९आफूलाई प्रधानमन्त्रीबाट हटाउने० धेरै कोशिस भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्