रातो हाब्रेको छालासहित चार जना पक्राउ


बाँके, १८ कार्तिक । कोहलपुरस्थित न्यू राप्ती गेष्ट हाउसबाट बिहान करीब १०ः३० बजेतिर दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले बताएका छन् ।

होटलमा रेडपाण्डाको छालाको मोलमोलाइ भइरहेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यसअघि गत भदौ २८ गते बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली घरबासबाट रेडपाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्