विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु


विराटनगर ,१८ कात्तिक । विराटनगरको न्युरो अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार बिहान दुईजनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए ।विराटनगर( ११ का ४९ वर्षीय पुरुष र धरान(१५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा भएको थियो । मंगलबार बिहान ३ः३० बजे धरानका पुरुष र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको हो ।

२७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । १४ कात्तिकमा भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्