नेकपाका नेता कार्यकर्ताहरुलाई नयाँ समाजवादी बाटो बनाउनु ः डा. भट्टराई


काठमाडौ,१७ कात्तिक । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनी नेकपाका नेता कार्यकर्ताहरुलाई प्रश्न गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आज समाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रश्न गरेका हुन् ।
भट्टराईले विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको प्रमुख कारण पार्टी नेतृत्वले रंग फेरेपछि बाँकी नेता कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली माओवादीले कति छिटो बिर्सेको भनी प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्