पूर्व समूहभित्रको आवद्धताका आधारमा खेल्न खोज्दा पार्टी विभाजन नजिक पुगे ः उपप्रधानमन्त्री पोखरेल


काठमाडौं, १७ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल्न खोज्दा पार्टी विभाजन नजिक पुगेको बताएका छन् ।

आज (सोमबार) दिउँसो ट्वीटरमार्फत उनले एकताका बेला गरिएको सहमति विपरीत पूर्व समूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन लागेको आरोप लगाएका छन् ।यस्तो दुर्भाग्य निम्त्याउनेहरुलाई सबैले बेलैमा चिनौं, खबरदारी गरौं’ उनले भनेका छन् । व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजिएको भन्दै उनले यसको विरोध गर्दै एकता जोगाउन पनि आह्वान गरेका छन् ।

पछिल्लो केही दिनयता नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढ्दै गएको छ । प्रचण्डले प्रधानमन्त्री ओलीले आफूसँग अब अलग होऔं भनेर प्रस्ताव गरेको उनले आफूनिकट नेताहरुलाई ब्रिफिङ गरेका छन् । केहि समययता नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच विवाद चर्किएको छ । जसका कारण नेकपा फुटको संघारमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्