नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौं, १७ कार्तिक । नेपाली कांग्रेसको आज (सोमबार) पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारीका साथै केही केन्द्रीय सदस्य समेत सहभागी हुने छन् ।बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोु’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ । कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्