बेलबारीका दुई जना स्वास्थ्यकर्मी कोरोना सक्रमित


बेलवारी,१६ कात्तिक । बेलबारी नगरपालिकामा दुई जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस सक्रमण देखिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र बाहुनीमा कार्यरत दुई जना स्वास्यकर्मीमा कोरोना पुष्टि भएको बेलवारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिएका छन् । एक महिला र एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जनाएको छ ।

सक्रमित दुई जना स्वास्थ्यकर्मी सहित ४० जनाको कात्तिक १३ गते स्वाब संकलन गरेर प्रदेश ल्याव बिराटनगरमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्