प्रदेश १ मा कोरोना संक्रमित १९ हजार १७५ पुगीयो


विराटनगर,१६ कात्तिक । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ ।

मन्त्रालयले एक लाख ६३ हजार ९२३ जनाको पीसीआर जाँच गर्दा १९ हजार १७५ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये १० हजार ८५० जना संक्रमण मुक्त भएका छन् । प्रदेशमा ८१६२ सक्रिय संक्रमित छन् । १९६ जनाको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रदेशका संक्रमितमध्ये आधा संख्या मोरङ जिल्लामा छ । मोरङमा ९ हजार ८९ जनामा संक्रमण देखिएको छ । मोरङ पछि सुनसरीमा संक्रमितको संख्या ६३८४ छ । मोरङमा ५ हजार २२६ जना संक्रमणमुक्त भएका छन् । सुनसरीमा ३५४८ जना संक्रमणमुक्त भएका छन् । झापामा २१६८ जना कोरोना संक्रमित छन् ।

मन्त्रालयका अनुसार उदयपुरमा ३०५, इलाममा १९६, संखुवासभामा १५७ र धनकुटामा १०५ कोरोना संक्रमित छन् । त्यस्तै ताप्लेजुङमा ३५, पाँचथरमा ३९, तेह्रथुममा ६०, खोटाङमा ५५ सोलुखुम्बुमा १९, भोजपुरमा ५०, ओखलढुंगामा ३५ जना कोरोना संक्रमित छन् । प्रदेश १ मा संक्रमण पुष्टि भएकामध्ये ४७८ अन्य प्रदेशका हुन् ।

प्रतिक्रिया दिनुहोस्