अभिनेता आमिर खानविरुद्ध प्रहरीमा उजुरी


काठमाडौ, १६ कार्तिक । भारतीय जनता पार्टीका विधायक नन्दकिशोर गुर्जरले बलिउडका सुपरस्टार अभिनेता आमिर खानविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

उत्तर प्रदेशको गाजियावादमा फिल्म ‘लालसिंह चड्डा’ को सुटिङ गरिरहेका खानविरुद्ध विधायक गुर्जरले प्रहरीमा उजुरी दिएपछि मुद्दा दर्ता भएको छ । विधायकले खानले कोरोना प्रोटोकल पालना नगरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।अभिनेता खान गाजियावादमा भएको खबरपछि उनका स्थानीय सुभचिन्तक उनीसँग भेट गर्न सुटिङ चलिरहेको स्थानमा पुगेका थिए । आमिरले आफूलाई भेट्न आएका शुभचिन्तकसँग भेटघाट गरे । उनीहरुसँग फोटो खिचाए ।

त्यसक्रममा उनले मास्क भने लगाएका थिएनन् । बीजेपी विधायकले आमिरले शुभचिन्तकसँग भेट गर्दा मास्क नलगाएर कोरोना प्रोटोकल पालना नगरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।

प्रहरीले अहिलेसम्म आमिरमाथि कुनै कारबाही भने गरेको छैन । यो फिल्ममा आमिरका साथमा अभिनेत्री करिना कपुरले पनि काम गरेकी छन् । यो फिल्म आगामी वर्ष क्रिसमसको अवसरमा रिलिज गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्