कर्णाली प्रदेशमा मन्त्री हेरफेरको काम तत्काल रोखियो


काठमाडौं, १६ कार्तिक । मन्त्रिमण्डल पुनर्गठनबारे छलफल तीब्र पारे पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री हेरफेरको काम तत्काल नगर्ने भएका छन् ।

आज मन्त्रिमण्डल हेरफेर गर्ने गरी आन्तरिक थालेमा मुख्यमन्त्री शाही एकाएक रोकिएर अब केहि दिनपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने सोंचमा पुगेका छन् । आज (आइतबार) बिहानसम्म वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता तथा सोही प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालासहितका नेताहरुसँग परामर्श गरेका शाहीले केहि दिन मन्त्रिमण्डल पुनगर्ठन नगर्ने निष्कर्ष निकालेका हुन् ।आन्तरिक छलफल र परामर्श भइरहेको छ,’ मुख्यमन्त्री निकट स्रोत भन्छ, ‘तर आजै मन्त्रीमण्डल पुनर्गठन हुँदैन, अझै एक–दुई दिन लाग्छ ।’

‘पुनर्गठन हुन्छ तर आजै हुँदैन, केन्द्रमा दुई अध्यक्षबिच संवादको वातावरण बनेकाले मन्त्रीमण्डल पुनर्गठन आज गरिँदैन तर केही दिनपछि भने हुन्छु,’ छलफल परामर्शमा समेत सहभागी ती सांसदले भने । यसैबीच नेकपा अध्यक्ष प्रचण्डको सन्देश अनुसार तत्कालका लागि मन्त्रिमण्डल पुनर्गठन रोकिएको स्रोतले जानकारी दिएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले यसअघि नै तीन जना नेतालाई मन्त्री बनाउन नाम प्रस्ताव गरिसकेको छ । सो पक्षले मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाही मध्येबाट मन्त्री बनाउन नाम दिइसकेको छ ।
त्यसैगरी माओवादीबाट बिन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री बनाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्