जसपाका वरिष्ठ नेता अशोक राई कोरोना संक्रमित


काठमाडौ,१५ कात्तिक । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता राईलाई कोरोना पोजेटिभ देखिएको उनकी श्रीमती समेत रहेकी नेतृ सुशीला श्रेष्ठले जानकारी दिएकी छन् ।

यसअघि जसपाका वरिष्ठ नेता तथा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र हिसिला यमिलाई पनि कोरोना देखिएको थियो । सोअघि जसपाका अर्का नेतृ रेणु यादवलाई पनि कोरोना पोजेटिभ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्