अरिङगालको टोकाइबाट युवकको मृत्यु


पाँचथर,१५ कात्तिक । अरिङगालको टोकाइबाट पाँचथरको कुम्मायक गाउँपालिका १ स्थीत काफ्लेपानीमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १९ वर्षिय जीवन दर्जी भएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ । घर नजिकै रुखमा अरिङगाल मार्ने क्रममा अरिङगालको टोकाइबाट गम्भिर घाइते भएका उनको उपचारको लागि झापाको बित्तासिटि अस्पताल पुर्याइएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि दर्जीलाई घोपा क्याम धरान लादा लादै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्