कोरोना भाइरस संक्रमित १ लाख ७० हजार ७४३, संक्रमणमुक्त १ लाख ३१ हजार २२२ जना


काठमाडौं,१५ कात्तिक । कोरोना भाइरस संक्रमित पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरुमध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् भने ९३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशभर ३८ हजार ५८४ संक्रिय संक्रमित छन्, जसमध्ये ३१ हजार ००८ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २९६ जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा मोरङमा १३८ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्