विराटनगरमा कोरोना भाइरसबाट छ जनाको मृत्यु


मोरङ, १५ कार्तिक । कोरोना भाइरस संक्रमणबाट मोरङको विराटनगर अस्पतालहरुमा थप ६ जनाको मृत्यु भएको छ ।

विराटनगरका अस्पतालहरु उपचाररत झापा र मोरङका २–२ तथा सुनसरी र उदपयपुरका एक–एक जनाको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा चार जनाको मृत्यु भएको छ ।कलेजका प्रबन्धक नारायण दाहालका अनुसार उर्लाबारी नगरपालिका–१, झापाकी ६६ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको छ । १३ गते अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

विर्तामोड, झापाका ७५ वर्षीय पुरुष १२ कातिकमा अस्वताल भर्ना भएका थिए । निमोनियाको समस्या देखिएका उनद्धको शनिबार बिहान १२ः३० बजे मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१०, मोरङकी ६९ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको छ । १० कात्तिकमा कोरोना पुष्टि भएको थियो भने सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

इटहरी, सुनसरीका ४३ वर्षीय पुरुषलाई उपचारका लागि नोबेल मेडिकल कलेज पु¥याउँदा एम्बुलेन्समा मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि शुक्रबार अस्पताल ल्याउने क्रममा मृत्यु भएको दाहालले जानकारी दिएका छन् ।

यस्तै बिराटनगर–३, मोरङका ६५ वर्षीय पुरूषको शनिबार विहान विराट मेडिकल कलेजमा मृत्यु भएको छ । उनी कात्तिक ६ गते भर्ना भएको कलेजको आईसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

उदयपुरकी ४२ वर्षीया महिलाको म्याक्स हस्पिटल विराटनगरमा शनिवार विहान मृत्यु भएको छ । शुक्रबार साँझ अस्पताल भर्ना भएकी उनको बिहान करिब ७ बजे मृत्यु भएको म्याक्स हस्पिटलका म्यानेजर हेमनारायण मेहताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्