कटुवा पेस्तोल र लागूऔषधसहित दुई युवा पक्राउ


जनकपुर, १३ कार्तिक । सिराहाको कर्जन्हा नगरपालिकाबाट प्रहरीले बिहीबार कटुवा पेस्तोल र लागूऔषधसहित दुई जना युवक पक्राउ परेको छ ।

पक्राउ पर्नेमा स.७ प २५५३ नम्बरको मोटरसाइकलमा सवार कर्जन्हा नगरपालिका–२ का २२ वर्षीय डिम्पल यादव र सोही ठाउँका २२ वर्षीय प्रेमनाथ यादव रहेको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिएका छन् ।

कर्जन्हा नगरपालिका–२ बन्दीपुर बजारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जना युवकलाई कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट कटुवा पेस्तोल १ थान, गोली १ थान र नाइट्रोभेट ट्याब्लेट ६ थान बरामद भएको शर्माले बताए ।

पक्राउ परेका डिम्पलसँग सोधपुछ गर्दा प्रेमनाथ यादव समेतको संलग्नता रहेको बताएपछि प्रेमनाथ समेतलाई नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्