रतुबामाईबाट १२ जना तासे पक्राउ 


मोरङ,५ कात्तिक । मोरङको रतुबामाई नगरपालिका वडा न. ७ स्थित जामबाडबाट तास खेलिरहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोहि वडाका बर्ष ३४ का गोपाल कटुवाल, बर्ष४३ का गणेश कार्की, बर्ष ३६ का दिनेश, बर्ष ४५ का नरेन्द्र रिजाल, बर्ष २५ का गणेश , बर्ष ३९ का नन्दराज फुयाल, बर्ष ४२ का फणिन्द्र बुढाथोकी, बर्ष ४५का झंकराज कोइराला, बर्ष ३८ का रामभक्त, बर्ष ४० का सन्तोष रिजाल, बर्ष ३० का राम कार्की, बर्ष ३२ का मनोज उप्रेती रहेको उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रहरीले उनिहरुको साथबाट १२ बुक तास, १४ हजार २७० नगद नेपाली रुपौयाँ, ६ सय मेलेसियन रिङ्गेट र को ३२ प ५१९२, को ३५ प ६१८६, को २२ प ९३७९ नम्बरको तीन वटा मोटरसाईकल बरामद गरेको छ ।

तास खेलिरहको अवस्थामा इलाका प्रहरी सिजुवाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका उनिहरूमाथी जुवा ऐन अन्तर्गत आवश्यक कारवाही प्रकृया अगाडी बढाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्