जसपाद्धारा कोरोनाको परीक्षण र उपचार संविधानको धारा ३५ अनुसार निःशुल्क गर्नुपर्ने माग


काठमाडौँ,५ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) मंगलबार ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी केन्द्रीय समितिमा ८०१ सदस्य रहने निर्णय गरेको छ ।

बैठकले संघीय परिषद्को अध्यक्षको जिम्मेवारी डा. बाबुराम भट्टराईलाई दिइएको छ । संघीय परिषद केन्द्रीय समितिभन्दा माथिल्लो निकाय हुने व्यवस्था छ । यस हिसाबले नेता भट्टराईको वरियता पहिलो नम्बरमा हुनेछ ।

जसपाको केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने पहिल्यै तय भएको थियो । अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् ।

जसपाका नेता हेमराज राईका अनुसार बैठकले पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको समायोजन आगामी मंसिर मसान्तसम्ममा गरिसक्ने निर्णय पनि गरेको छ । जसका लागि कार्यदल गठन गरिएको छ ।

सोमबारदेखि सुरु भएको बैठकको पहिलो दिन हिजो नै सरकारले सांसदहरुलाई दिएको दसैं भत्ता सधैंका लागि खारेज गर्न सरकारसँग माग गर्ने र भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो भने कोरोनाको परीक्षण र उपचार संविधानको धारा ३५ अनुसार निःशुल्क गर्नुपर्ने निर्णय गरिएको थियो ।

आज सकिएको बैठकले टिकापुर घटनाका कारण थुनामा रहेका कैलाली–१ बाट निर्वाचित संघीय सांसद रेशम चौधरी लगायतको रिहाइका लागि देशभर अभियान चलाउने निर्णय समेत गरेको छ ।्

प्रतिक्रिया दिनुहोस्