संखुवासभामा वृद्धवृद्धा पाएनन् भत्ता


संखुवासभा, ५ कार्तिक । संखुवासभा खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नदिने भएको छ ।

कोरोना महामारीका कारण देखाउँदै खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नदिने भएकोले वृद्धवृद्धाको यस सालको दशैं खल्लो हुने भएका छ ।

सरकारले भत्ता नदिएपछि खाँदबारीका धेरैजसो ज्येष्ठ नागरिकले आफूहरु ऋण खोजेर दशैं मान्न बाध्य भएको खाँदबारी–४ का ८६ वर्षीय बैरव राईले गुनासो गरे । कोरोना महामारी र संकट परेका बेला भत्ता नपाउँदा झन् मन खिन्न भएको राईको भनाइ थियो ।

नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला, विधवा र दलितसहित दुई हजार ६४३ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । त्यस्तै पाँचखपन नगरपालिकामा एक हजार चार सयभन्दा बढीले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

नगरपालिकाले ढिला गरी रकम निकासा गरेका कारण बैंकले समय भुक्तानी गर्न नसकेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयका प्रबन्धक अनिश रायमाझीले बताए ।

प्रतिक्रिया दिनुहोस्