सभापति देउवाद्धारा दसैं भत्ता रकम फिर्ता गर्न सांसदहरूलाई निर्देशन


काठमाडौं,३ कात्तिक । दसैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदहरूलाई निर्देशन दिएका छन् ।

कोरोना महामारीले सिंगो मुलुक संकटमा रहेको र सर्वसाधारण नागरिकलाई हातमुख जोड्न कठिन भइरहेका बेला सांसदहरूले तलबसहित दसैं भत्ता लिनु उचित नहुने भन्दै सभापति देउवाले आज यस्तो निर्देशन दिएका हुन् ।

माहामारी बेला दसैं भत्ता बाँड्ने सरकारले निर्णयको सबैतिरबाट विरोध तथा आलोचना भएको छ । यसबीचमा केही सांसदहरूले व्यक्तिगत रूपमा दसैं भत्ता फिर्ता गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्