कोरोना भाइरसको कारण सात जनाको मृत्यु


मोरङ, ३ कार्तिक । कोरोना भाइरस संक्रमणबाट एक अस्पताल सञ्चालकसहित विराटनगर, सुनसरी, चितवन र पर्वतमा गरी थप सात जनाको ज्यान गएको छ ।

विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित थप चार जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो ।मृतकमध्ये एक जना अस्पताल सञ्चालक हुन् । न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालक हुन् । यसैगरी नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको आज र विराटनगर–३ का ६६ वर्षीय पुरुषको गएराति मृत्यु भएको नोबेल मेडिकल कलेजले जनाएको छ ।
त्यसैगरी बिराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित एक महिलाको पनि ज्यान गएको छ । बिराटनगर–२ की ६० वर्षीया महिलाको आज मृत्यु भएको हो ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिकाकी कोरोना संक्रमित ७० वर्षिय महिलाको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेकी उनको गएराति मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्