नेकपाले दशैं भत्ता नलिने


काठमाडौं, ३ कार्तिक । कोरोना महामारीका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले दशैं भत्ता नलिने भएका छन् ।

सर्वसाधरण नागरिकको जनजीवन कष्टप्रद बनिरहेका बेला सांसदहरूले दशैं भत्ता लिने विषयबारे चौतर्फी आलोचना र विरोध भएपछि नेकपाले भत्ता रकम एकमुष्ट प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले संसदीय दलका नेता केपी शर्मा ओलीको तर्फबाट केहीबेरमा वक्तव्य जारी गर्ने जानकारी दिएका छन् । उनले एकमुष्ट रूपमा सबै सांसदको दशैं भत्ता नलिने निर्णय हुन लागेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्