बडादशैं आजबाट सुरु


धरान,१ कात्तिक । प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि हिन्दू धर्मावलम्बीको महान पर्व बडादशैं आजबाट सुरु भएको छ ।

पूर्णिमासम्म धुमधामका साथ बडादशैं मनाउने गरिएको छ । आज घरघरमा विधिपूवर्क दियो, कलश र गणेश स्थापना गर्दै घटस्थापना गरिन्छ । शक्तिकी अधिष्ठात्री दुर्गाको पूजा गरी दशैंको आरम्भ गरिन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्यकर्म समाप्त गरी नदी वा चोखो स्थलबाट बालुवा माटो ल्याएर गोबरले लिपपोत गरी दशैंको विधिपूर्वक जौ, मकैं वा अन्य फल रोपिन्छ ।

सोही रोपण गरिएको जमरालाई विजयादशमीको दिन टीकाप्रसादको रूपमा ग्रहण गरिन्छ । शास्त्रीय विधिअनुसार जौबाहेक अन्य अन्न रोप्ने चलन नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

घटनास्थपनाको साइत आज बिहान ११ः४६ मिनेटमा रहेको समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्