वडा कार्यालय महिलालाई स्वरोजगार बनाउँदै


लालभित्ति / बेलबारी नगरपालिका वडा नम्बर २ को आयोजनामा ४५ दिने ब्यूट्रिपार्लर सम्बन्धी तालिम सुरु भएको छ ।

१६ जना सहभागी तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । उक्त तालिमको उद्घाटन गर्दे बेलबारी २का अध्यक्ष घनश्याम गौतमले महिलाहरूलाई व्यावसायिक बनाउने उदेश्यका साथ तालिम दिएको बताए ।

गरिब तथा विपन्न परिवारका महिलाहरूलाई आफ्नै देशमा स्वरोजगार बनाउने उदेश्यका साथ तालिम दिएको वडा नम्बर २ कि सदस्य खिना थापाले बताइन । उनले महिला लक्षित गरेर उद्घोष्ण तालिम तथा ड्राईभिङ तालिम गरिएको बताइन।

प्रतिक्रिया दिनुहोस्