विराटनगरमा कोरोना भाइरसबाट एक जनाको मृत्यु


विराटनगर, ३० असोज । कोरोना भाइरस संक्रमणबाट विराटनगरमा एक जनाको ज्यान गएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–३ बुद्धचोकका ६५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पताल प्रबन्ध नारायण दाहालले जानकारी दिएका छन् ।

उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजिटिभ आएको थियो। श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा ज्यान गएको दाहालको भनाइ छ । मृतकमा उच्च रक्तचाप सम्बन्धी पुरानै समस्या रहेको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्