काठमाडौंको घरमा सिलिण्डर बिस्फोट


काठमाडौं,२९ असोज । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित आज (बिहीबार) दिउँसो एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ ।

नयाँ बजारको फलफूल चोकस्थित एक घरमा किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो ।

महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार घटनामा ११ जना घाइते भएका छन्। उनीहरूको पिपुल्स र मनमोहनमा उपचार भइरहेको छ । ती मध्ये चार जना गम्भीर घाइते भएका छन् । विस्फोटले झ्यालका सीसा फुटेको छ । भित्ता भत्किएको छ ।

प्रतिक्रिया दिनुहोस्