लागुऔषधको कारण साथीको हत्या गर्ने पक्राउ


धरान,२९ असोज । गाँजा खान नपाएको झोकमा झापाको कनकाई–७ का २२ वर्षीय अभिषेक चौधरीको हत्या भएको छ ।

गाँजा खान नपाएको झोकमा आफ्नै साथी रविन राजवंशीले बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी कृष्ण कोइरालाले जनाएको छ ।

एसपी कोइरालाका अनुसार मृतकले रविनलाई १ सय रुपैयाँ दिएर गाँजा किन्न पठाएका थिए । किनेर ल्याइसके पछि मृतकले नदिने भन्दै विवाद झिकेपछि एक झापड हिर्काएका थिए । सोही विषयमा रविनले हत्या गरेको थियो । प्रहरीले रविनलाई कनकाई–७ त्रिवेणी टोलबाट बुधबार राति पक्राउ गरेको थियो ।

मृतक र आरोपी दुवै लागूऔषध दुव्र्यसनीमा फसेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्