मन्त्रीहरुको सपथ ग्रहण समारोहमा नेकपा शीर्ष नेताहरुसहभागी भएनन्


काठमाडौं,२९ असोज । नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा सत्तारुढ दल नेपाल कम्युनस्टि पार्टी (नेकपा)का शीर्ष नेताहरुसहभागी भएनन् ।

मन्त्रीपरिषद् हेरफेरमा असन्तुष्ट शिर्ष नेताहरु कोरोना संक्रमणलाई कारण देखाउँदै सहभागी नभएका हुन् ।
विहिबार सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम सपथ ग्रहण समारोहमा सहभागी भएनन् । बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना नयाँ मन्त्री नियुक्त गरेका थिए ।

ओलीको यो कदमपछि अध्यक्ष प्रचण्ड, वरिष्ठद्धय झलनाथ खनाल र नेता नेपाल थप असन्तुष्ट बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्