कोरोनाबाट धरानमा एक वृद्धको मृत्यु


सुनसरी, २९ असोज । कोरोना भाइरस संक्रमणबाट धरानमा होम आइसोलेसनमा बसेका एक जना पुरुषको ज्यान गएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ देवकोटा चोकका ६१ वर्षीय वृद्धको ज्यान गएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् । ती वृद्धको तीन वर्षअघि मुटुको अपरेसन गरिएको थियो ।

असोज २४ गते पीसीआर जाँच गर्दा पतिपत्नीकै रिपोर्ट पोजिटिभ आएको थियो । दुवै जना होम आइसोलेसनमा थिए ।बुधबार राति गाह्रो भएपछि बीपी प्रतिष्ठानको कोभिड अस्पताल लैजान खोज्दा त्यहाँ आईसीयू बेड अभाव भएको जानकारी पाएपछि घरमै अक्सिजन ल्याएर लगाइएको थियो । त्यही क्रममा उनको उनको मृत्यु भएको जानकारी आफूले पाएको धरान–१५ का वडाध्यक्ष नरेश इङ्वारमले जानकारी दिए । उनी नियमित औषधि सेवन गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्