बेलवारीमा कोरोना भाइरसबाट एक जना युवाको मृत्यु


धरान ,२८ असोज । कोरोना भाइरस संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना युवाको मृत्यु भएको छ ।

मोरङको बेलबारीनगरपालिका वडा न.१० का ३७ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

कोभिड १९ अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्