मोरङमा करेन्ट लागेर एक युवाको मृत्यु


मोरङ,२८ असोज । मोटर जडान गर्ने क्रममा एक युवाको करेन्ट लागेर ज्यान गएको छ ।

मोरङको रतुवमाई नगरपालिका–१० सातमेडीका २४ वर्षीय रवीन लिम्बूको करेन्ट लागेर मंगलबार ज्यान गएको े जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आफ्नै घर छेउमा मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
उनलाई तत्काल झापाको लाइफलाइन अस्पतालमा उपचारको लागि लगिएकोमा साँझ ५ बजेतिर मृत्यु भएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्