हुम्लामा खाद्यान्न अभाव भएपछि ३०० क्विन्टल चामल पठाइयो


हुम्ला, २८ असोज । सीमाना बन्द हुदाँ खाद्यान्न सामग्री आयात नहुँदा हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा ३०० क्विन्टल चामल पठाइएको छ ।

खाद्य सङ्कट भएपछि त्यस क्षेत्रका तीन, जाङ र हल्जीगाउँका १८० घरधुरीका लागि मङ्गलबार वडाध्यक्षको रोवहरमा ३०० क्विन्टल चामल बुझाइएको छ । खाद्यान्न सङ्कटपछि लिमीका स्थानीयले विभिन्न सरोकारवाला निकाय, राजनीतिक दललगायतलाई खाद्यान्नको माग गर्दै आएपछि नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङको रोहवरमा नेपाल खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले खाद्यान्न बुझाएको शाखा कार्यालय हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए ।

लिमीका तीनवटै गाउँमा खाद्यान्न सङ्कट परेपछि हुम्लाका विभिन्न निकायले पहल गरे लगत्तै नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले तत्कालका लागि ३०० क्विन्टल चामल उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्