कोरोनाबाट विराटनगरमा एक जनाको मृत्यु


विराटनगर, २८ असोज । कोरोना भाइरस संक्रमणबाट मोरङको विराटनगरमा थप एक जनाको ज्यान गएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक जना पुरुषको मंगलबार राति मृत्यु भएको छ ।

बूढीगंगा–३ बाँसबारीका ६० वर्षीय संक्रमित पुरुषको राति १२ः२० बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिएका छन् ।

उनका अनुसार कोरोना रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई असोज १५ गते उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या रहेको देवले बताए ।

प्रतिक्रिया दिनुहोस्