बुढीगण्डकी जलविद्युत परियोजनाको विषयमा छानविनमा सहयोग गनै डा. भट्टराईको प्रतिवद्धता


काठमाडौं,२७ असोज । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत परियोजना अलपत्र परेको विषयमा उच्चस्तरीय छानविन गर्न माग गरेका छन् ।

चार दिनअघि गोरखामा आयोजना गरिएको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाले बुढीगण्डकी परियोजनामा ९ अर्ब रुपैयाँ कमिशन खाएको र आवश्यक प्रमाण दिन तयार रहेको बताएका थिए ।

सोपछि हिजो नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक वक्तव्य जारी गरी बुढीगण्डकीमा कांग्रेस सभापति देउवाको संलग्नता प्रमाणित गर्न डा. भट्टराईलाई चुनौती दिएका थिए ।

डा. भट्टराईले हिजै ट्वीटरमार्फत उक्त परियोजना अलपत्र परेको विषयमा उच्चस्तरीय निष्पक्ष छानविन गर्न माग गर्दै त्यसमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेता भट्टराईले आफू प्रधानमन्त्री भएको बेला नेपाल आपैmले निर्माण गर्ने गरी प्रक्रिया अघि बढाएको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिशनखोरहरुको संलग्तामा वदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म उक्त परियोजना अलपत्र परेको भन्दै सोको छानविन गर्न माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्