अन्तर्राष्ट्रिय सीमा कात्तिक मसान्तसम्म बन्द


 काठमाडौं, २७ असोज । नेपालमा कोरोना भाइरस संक्रमित बढेपछि सरकारले अन्तर्राष्ट्रिय सीमा कात्तिक मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराएका छन् ।सरकारले गत वर्ष ११ चैतदेखि अन्तर्राष्ट्रिय नाका बन्द गरिरहको छ । यात्रुको ओहोरदोहोर रोकिए पनि ढुवानीमा भने रोक लगाएको छैन ।

नेपाल–भारत आउजाउले कोरोना संक्रमण फैलाउने बढी सम्भावना रहेको ठहर गर्दै सरकारले अन्तर्राष्ट्रिय सीमा नाका कार्तिक मसान्तसम्म बन्द गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्