बेलवारीनगरमा ड्रोनको मध्यमबाट भौगोलिक नक्शाकंन डिजिटल प्रणालीबाट तयार हुने


बेलवारी, २५ असोज ।  ड्रोन सर्वेक्षणद्धारा बेलवारी नगरपालिकाले भौगोलिक नक्शाकंन डिजिटल प्रणालीबाट तयार गर्ने भएको छ । बेलवारी नगरपालिका कार्यालयको प्रगानमा आज आईतवार बेलवारी प्रमुख ज्ञानेन्द्र सुवेदीले ड्रोन उडाएर उद्धघाटन गरेका छन् ।

प्रमुख सुवेदीले बेलवारी नगरपालिकाको नगरपालिकाको  सहरी विकास योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना  निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न बलियो आधार निर्माण हुने बताए ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले भने हामीलाई विपद ब्यबस्थापनलागि पुर्व तयारी गर्न सहज हुन्छ । नगरपालिकाका ३० स्थान बाट सेटलाईट सँग जिपिएस कोडिनेट मार्फत कन्ट्रोल पोइन्ट स्थापना गरी सर्वेक्षण गर्न लागिएको हो । नगरपालिकाले विज्ञहरूलाई यो काम गर्ने जिम्मा दिएको छ ।

बेलायतबाट सिभिलि इन्जीनियरीङ सकेर ट्रान्स्पोटमा मास्टर गरेका विवेक सिङले यो कामाको जिम्मा लिएका छन । डिजि निर्माण इन्जीनियरिङ प्रा.लि. बिराटनगरका संचालक समेत रहेका सिङले डिजिलाइजेसनले नगरको सचित्र प्रोफाइल बन्न सक्ने बताएका छन । सर्वेक्षण सकिएपछि मोवाइल एप मार्फत हेर्न मिल्ने सिङले बताए ।

नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको कार्य सुभारम्भ भएको र यसबाट प्राप्त हुने सम्पूर्ण फोटो एवं भिडियो डाटाको गोपनीयता नगरपालिकाको नियन्त्रणमा हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।

कार्यक्रममा उप–प्रमुख ढाका कुमारी पराजुली , प्रशासनिक अधिकृत प्रदिप शाह , वडा अध्यक्ष चक्र खुलाल , पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्