अनसनरत डा.केसीले २८ औं दिनमा १९ औं अनशन तोडे


काठमाडौं ,२५ असोज । अनसनरत डा.गोविन्द केसीले २८ औं दिनमा १९ औं अनशन तोडेका छन ।

शनिबार मध्यरातपछि सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच आइतबार बिहान अनसन तोडेका हुन्।

बिहान १० बजे अस्पतालका सफाई कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडेका थिए।डा. केसीले ६ बुँदे माग राखेर जुम्लाको मन्दिरमा भदौ २९ गते अनशन सुरु गरेका थिए ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि डा गोविन्द केसीलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो । अनसन तोडेपछि डा केसीलाई आइसियुमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्