सवारी दुर्घटनामा एक जनाको मृत्यु


पोखरा, २५ असोज । पोखरा–बाग्लुङ सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताएका छन् ।

पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग १ ज ५८९६ नम्बरको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्