धिमाल जातीय विकास केन्द्र बेलवारीमा शिबनाथ ,कानेपोखरीमा प्रकाश र उर्लावारीमा नारायण अध्यक्षमा चयन


पथरी,२४ असोज । धिमाल जातीय विकास केन्द्र कानेपोखरी गाउँपलिकामा प्रकाश धिमालको अध्यक्षतामा १३ कार्यसमिति निर्वाचित भएका छन् ।

उपाध्यक्षमा चन्द्रि देबी धिमाल, सचिबमा अनिल धिमाल, सहसचिबमा आनन्द धिमाल र कोषाअध्यक्षमा प्रमिला धिमाल रहेका छन् भने सदस्याहरुमा सिता धिमाल, रिना धिमाल, सुबर्न धिमाल, राज कुमार धिमाल, सरोज धिमाल, सृजन धिमाल र सुकदेब धिमाल सर्वसहमतिले निर्वाचित भएका छन् ।

अधिवेशनका प्रमुख अतिथिमा धिमाल जातीय बिकास केन्द्र सदस्य तथ महिला तथा बालबालिका बिभागिया प्रमुखÞ रत्नमाया धिमाल रहका थिए । त्यसैगरी विशिष्ट अतिथिमा धिमाल जातीय विकास केन्द्रीय महासचिब केदार धिमाल, केन्द्रीय सदस्य तथा परियोजना बिभागिय सदस्य पम्फा धिमार्ल रहेका थिए ।

त्यस्तै , धिमाल जातीय विकास केन्द्र बेलवारीनगरमा शिबनाथ धिमालको अध्यक्षतामा १३ कार्यसमिति निर्वाचित भएका छन् भने धिमाल जातीय विकास केन्द्र उर्लावारी नगरमा नारायण धिमालको अध्यक्षतामा १३ कार्यसमिति निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्