काठमाडौं,२४ असोज । पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधन भएको कारण नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो । बैठकको नयाँ मिति पनि तोकिएको छैन । पूर्व पदाधिकारीको निधन हुँदा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने परम्परा छ । प्रसाईको २३ असोजमा निधन भएकाले २५ गते कार्यालय बन्द गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
एक नेताका अनुसार २६ गते बैठक बस्न सकिन्थ्यो । तर सचिवालयका एक सदस्यलाईर् कोरोना संक्रमण पुष्टि भएकाले वरिष्ठ नेता रामचन्द्र पौडेल आइसलेसेनमा बसेका छन् ।