श्रीमानले लोहोरो ढुङ्गाले हान्दा श्रीमतीको मृत्यु


खोटाङ,२४असोज   । श्रीमानले लोहोरो ढुङ्गाले हान्दा श्रीमतीको ज्यान गएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका डम्बरबहादुर गिरीको कुटपिटबाट ४४ वर्षीय श्रीमती ज्ञानकुमारी पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिएका छन् ।

श्रीमानले प्रहार गरेको लोहोरो ढुंगाले लाग्दा गम्भीर घाइते ज्ञानकुमारीको उपचारका लागि काठमाडौं लैजाने क्रममा शुक्रबार बाटैमा मृत्यु भएको हो ।

शुक्रबार बिहान श्रीमानको कुटपिटका क्रममा भाग्दै छिमेकी खड्ग गिरीको घरमा पुगेकी ज्ञानकुमारी बेहोस भएर ढलेकी थिइन् । उनलाई प्रहरी र आफन्तको सहयोगमा जिल्ला अस्पताल दिक्तेलमा पु¥याइए पनि उपचार नभएपछि रेफर गरिएको थियो ।

उनको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेलीमा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिएका छन् ।

श्रीमती कुटपिटपछि फरार डम्बरबहादुरलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको डिएसपी चिमरियाले बताए ।

प्रतिक्रिया दिनुहोस्