मन्त्री भट्टराईसँग भारतीय राजदूतको शिष्टाचार भेट


काठमाडौं, २३ असोज । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज – शुक्रवार) संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराईसँग शिष्टाचार भेट गरेका छन् ।

सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको थियो ।हवाई क्षेत्रका सम्बन्धमा उनीहरुबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पु¥याउनेबारे कुरा भएको थियो ।

कोभिड–१९ का कारण वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरुबीचको उडान चाँडै सुचारु गर्ने बारेमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।त्यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति, लुम्विनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यकारुपमा विकास गर्नेबारे छलफल भएको थियो । सो भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।

राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्