म्याद सकिएका चकलेट र बिस्कुटमा नयाँ मिति राखेर बजारमा पठाउने दुई जना पक्राउ


काठमाडौं,२३ असोज । म्याद सकिएका चकलेट र बिस्कुटमा नयाँ मिति राखेर बजारमा पठाउने समूहमा संलग्न थप दुई जना पक्राउ परेका छन् ।

कलंकीस्थित आयन डिष्टब्युट्ररबाट पक्राउ परेकाको बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।पक्राउ परेकाहरु कलंकीस्थित आयन र बाफलको अमेजन डिष्टिब्युटरसँग संलग्न रहेको पाइए पनि अनुसन्धानकै चरणमा रहेकाले सबै कुरा खोल्न मिल्ने आचार्यले बताएका छन् ।

गत असोज १५ गते स्नेकर्स चकलेट, ओरिओ बिस्कुट, पौष्टिक तत्वको रुपमा प्रयोग हुने हर्लिक्स, बनभिटा तथा ट्याङ जुस, बण्टी चकलेट र यूनिलिभरले उत्पादन गर्ने सबै कस्मेटिक समानमा नयाँ उपभोग्य मिति राखिएको फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्