कोरोनाबाट मोरङ र सुनसरीमा आज चार जनाको मृत्यु


विराटनगर, २३ असोज । कोरोना संक्रमणका कारण आज (शुक्रबार) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो ।

नोबेलमा रंगेली नगरपालिका( ९ र धरान उपमहानगरपालिका (१२ का पुरुषको मृत्यु भएको हो । बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ ।नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको रंगेली नगरपालिका(४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति करिब १० बजे मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार बिहान अस्पताल ल्याइएका ७२ वर्षीय वृद्धको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

नोबेलकै प्रयोगशालामा जाँच गर्दा उनलाई बुधबार कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी समस्या थियो ।
१७ असोजमा नोबेलमा भर्ना भएका सुनसरी धरान उपमहानगरपालिका(१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान करिब ७ बजे मृत्यु भएको हो । मृतकमा श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या थियो ।

इटहरी उपमहानगरपालिका(६ का ६८ वर्षीय पुरुषको बिहीबार राति १२ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह(प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिष्ठानमा दुहबी नगरपलिकाका ५२ वर्षीय संक्रमित पुरुषको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो । मृतकमा मिर्गौला रोगको गम्भीर समस्या थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्