आज प्रतितोला सुनको मुल्य रू.९४ हजार ८ सय पुग्यो


काठमाडौ , २३ असोज । आज (शुक्रबार) सुन प्रतितोला मूल्य ९ सयले बृद्धि भएर रू.९४ हजार ८ सय पगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार ९३ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको शुक्रबार प्रतितोला रू.९४ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला १५ रूपैयाँले बृद्धि भएर प्रतितोला १ हजार १९५ मा कारोबार भइरहेको छ । केहि दिन यता सुनचाँदीको मूल्यमा सामान्य रुपमा घट्नेबढ्ने भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्