कोरोनाबाट दमकका एक जना पुरुषको मृत्यु


दमक, २३ असोज । कोरोना भाइरस सङ्क्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका(९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो ।

गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण देखिएका उनको दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन् ।

यससँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन र जिल्लामा १२ पुगेको छ । दमकमा एक महिला र दुई सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्