ठगी गर्ने इटहरीको सुन संचालक पक्राउ


सुनसरी,२२ असोज । ठगी गर्ने इटहरीको भोजपुरे ज्वेलर्सका संचालक इनरूवाबाट पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिभिन्न बहाना बनाएर पैसा मानिसहरूसंग पैसा लिने र फिर्ता माग्दा पैसा नभएको खाली चेक दिएर ठगी गर्ने ईटहरी उमनपा वडा नं. ०९ भोजपुरे टोल बस्ने भोजपुरे ज्वेलर्सका संचालक वर्ष ३५ को माधब रिसाललाई ईलाका प्रहरी कार्यालय ईटहरीको टोलिले पक्राउ गरेको छ ।

रिसाललाई प्रहरीले ईनरुवा ०३ सखुवागाछि एरियामा लुकिछिपि बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनि माथि मुलुकी अपराध (संहिता) ऐन २०७४ वमोजिम ठगी गरेको अभियोगमा प्रकृया बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्