नेपालमा कोरोना संक्रमित ९४ हजार २५३ पुगे , ६८ हजार ६६८ जना डिस्चार्ज


काठमाडौं, २१ असोज । नेपालमा पछिल्लो हालसम्मकै बढी २४ घण्टामा ३४ सय ३९ जना कोरोना संक्रमित थपिनुको साथै ९४ हजार २५३ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार सात जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार १२६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६८ हजार ६६८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख हजार १३ जनाको ४८७ पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन् । आजसम्म देशभर ४ हजार १५९ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्