डा. भट्टराई प्रदेशहरुका नाम पहिचानको आधारमा नराखिएकोमा आक्रोश


काठमाडौं ,२१ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटरमा ट्वीट गदैँ प्रदेशहरुका नाम जाती र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हाम्रा प्रदेशका नाम नदी र भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति÷भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवादरलोकतन्त्रर संघीयता हो ?उनले भन्ने जाति÷भाषाको पहिचानमा राख्दाँ देश टुक्रिन्छ भन्नेहरुलाई उनले भारत र अमेरिकाको उदाहरण हेर्न सुझाएका छन् ।

विगतमा मगरात, तमुवान, ताम्सालिङ्, नेवाः स्वायत्त प्रदेशको पक्षपातीहरु अहिले ‘महेन्द्रपथ’मा लागेको भन्दै भट्टराईले तत्कालीन माओवादी नेताहरुप्रति व्यंग्य गरेका छन् । उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्लेलगायतसँग माफीसमेत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्